२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१, २६ मंसिर बुधबार १४:०८

काठमाडौं | सशस्त्र प्रहरी बल (एपीएफ)का तत्कालीन प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धा आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। प्रहरी निरीक्षक कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिनको माग गर्दै उजुरी परेको थियो।

प्रवक्ता नरहरि घिमिरेका अनुसार सोही उजुरीको आधारमा छानबिन हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश( बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडियट एजुकेसन युपी) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र लिइ झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा समेत भएका थिए।

झुट्टा शैक्षिक प्रमाणपत्र पेशगरी राष्ट्रसेवकको पदमा प्रवेश गरी ओहदा एवं लाभसमेत प्राप्त गरेकाले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२,दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुन माग दावी गरिएको छ।

उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाइ दाङबाट कार्यरत रहेका बेला राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से