काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।