८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु

२७ मंसिर २०८१, बिहीबार १३:३५

काठमाडौँ | जाजरकोटको जिप कैना–कड्के सडकको बिरखोला नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो । प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता