८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति जंगलमा मृत भेटिएकी युवतीको ‘सुसाइड नोट’ : सबैतिर असफल भएँ

२८ मंसिर २०८१, शुक्रबार १७:३४

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर पछाडि जंगलको झाँडीमा मृत्त भेटिएकी युवतीको पहिचान खुलेको छ । काठमाडौं– ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै जंगलको झाडीमा मृत्त भेटिएकी युवती मनिसा मिजार रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका– ५ घर भई हाल शान्तिनगर बस्दै आएकी मनिसा जंगलमा मृत भेटिएकी हुन् । उनी बानेश्वरस्थित पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेको खुलेको छ ।

प्रहरीका अनुसार शव भेटिएको ६-७ मिटर नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव भेटिएको थियो ।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अस्पतालको रिपोर्ट आएपछि थप कुरा थाहा पाइने उनले बताए ।

घटनास्थलमा ‘सुसाइड नोट’ समेत भेटिएको प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा उनले जीवनदेखि हार खाएको गुनासो लेखेकी छिन् । सुसाइड नोटमा लेखिएको छ, ‘बाँच्न मन छैन, सबैतिर म असफल भएँ । कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता