२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

३० मंसिर २०८१, आईतवार १२:३७

काठमाडौँ | कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

२७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल छर्केर आगो लगाइएको थियो । घाइतेलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । त्यहाँबाट मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । मणिपालमा पनिउपचार हुन नसकेपछि अहिले गुरुङलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।

पेट्रोल छर्केर आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको पोखराका डीएसपी वस्न्त शर्माले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की