८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने कमलाको घट्नास्थलमा सुसाइड नोट फेला

३० मंसिर २०८१, आईतवार १३:१७

काठमाडौँ | काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट फेला परेको छ ।

कमलाको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताएका छन् । ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो । हिजो शनिबार कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी थिइन् ।

घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड नोट बरामद गरेको हो । सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा पनि मागेकी छन् ।

उनले नोटमा लेखेकी छन्, ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू, सरी बुढा ।’

नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला । मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’

नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’

कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् । आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।

बा.३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता