बर्दिया | बर्दियामा स्कुटर दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।
आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिएको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर २ जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
साहका पत्नी र छोरा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरमा चार जना सवार रहेका थिए ।