काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो ।
महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए ।
उनले भने ‘त्यसबारे मलाई जानकारी नै थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’ |