९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना

९ पुष २०८१, मंगलवार ०८:३४

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका केही भू–भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएका छन् ।

कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

दिउसो कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू साथै बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाले बताए |

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो