८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

२६ असार २०७४, सोमबार १६:२१

असार २६, धादिङ । गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा आज एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पृथ्वी राजमार्गको गल्छीबाट काठमाडौँ जाँदै गरेको बा ७६ प ६४१२ नंको मोटरसाइकललाई ना ३ ख २९४६ नंको ट्रकले थाक्रे गाउँपालिका–७ सातकिलोमा ठक्कर दिँदा मोटरसाइकलमा सवार बेनीघाट गाउँपालिका निवासी प्रहरी जवान सन्तोषजङ्ग शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकल चालक घाइते प्रहरी जवान सुजन खड्कालाई भने काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक गतिमा गुडेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । 

छतबाट खसेर मृत्यु 

घरको छतबाट खसेर नीलकण्ठ नगरपालिका वडा नं ४ मा आज एक महिलाको ज्यान गएको छ । 

घरको छतमा गएकी नीलकण्ठ – ४ की ३७ वर्षीया सीतामाया गुरुङको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस, 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे