१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ?

१७ पुष २०८१, बुधबार १२:०८

काठमाडौँ | जनवरी १ तारिखलाई वर्षको पहिलो दिन र नयाँ वर्षको आरम्भ किन मानिन्छ भन्नेबारे तपाईँलाई थाहा छ? यो दुई शताब्दीभन्दा अघिको कुरा हो जतिबेला जूलिअस सीजरले इसापूर्व ४५ मा छुट्टै ‘जूलिअन क्यालन्डर’ सुरु गरे।

त्यो पात्रो पृथ्वीले सूर्यलाई परिक्रमा गर्न कति समय लाग्छ भन्ने सिद्धान्तमा आधारित थियो। ३६५ दिनमा पृथ्वीले सूर्यको एक पटक परिक्रमा गर्छ। तर यो ठ्याक्कै ३६५ दिन भने होइन। त्यसैले समय मिलान गर्न चार वर्षमा एक पटक एक दिनलाई “लीप डे” भनेर थप्नुपर्ने हुन्छ। नयाँ पात्रो सुरु गर्न लाग्दा जूलिअस सीजरले वर्षको पहिलो दिन कुन मान्ने भन्ने निर्णय गर्नुपर्ने थियो। रोमनहरूका लागि जनवरी असाध्यै महत्त्वपूर्ण थियो किनभने त्यो महिना जेनस नामक देवताप्रति सम्मान प्रकट गर्न राखिएको थियो।

उनी भूतकाल र भविष्यकालसँग जोडिएका देवता हुन्। त्यसैले कसैले वर्षको कुनै दिन रोज्नुपरेमा यो महिना नै त्यस्तो क्षण हो जसलाई नयाँ कुरा थाल्ने समयका रूपमा लिने गरिन्छ। यही बेला ‘विन्टर सोल्स्टिस’ अर्थात् हिउँदमा पर्ने वर्षभरिकै सबैभन्दा छोटो दिनपछि युरोपमा दिनहरू लामा हुन थाल्छन्। रोमका लागि यसले शक्तिशाली अर्थ बोकेको छ। किनभने यो सबभन्दा छोटो दिनको पट्यारलाग्दो बेलापछिको समय थियो।

सबभन्दा छोटो दिनमा संसार अँध्यारो थियो, कठ्याङ्ग्रिएको थियो र केही पनि उब्जाउ भइरहेको थिएन। खेतबारीमा केही काम गर्न सकिन्नथ्यो। यो कालखण्डको समीक्षा गर्ने समय पनि हो। रोमनहरू शक्तिशाली बन्दै जाँदा र उनीहरूको साम्राज्य संसारभरि फेलँदै जाँदा उनीहरूको पात्रो पनि फैलियो। तर मध्यकालतिर इसाई धर्मको प्रभाव बढ्दै गयो र ज्यानुअरी १ लाई धर्म नमान्नेहरूको दिन भनेर पनि लिन थालियो। कैयौँ इसाई मुलुकहरूले मार्च २५ लाई नयाँ वर्ष आरम्भ हुने दिनका रूपमा मनाउन थाले।

मार्च २५ का दिन देवदूत ग्याब्रिअल मेरीका अगाडि उपस्थित भएका थिए। जिजस क्राइस्ट जन्मेका बेला क्रिस्मस मनाइन्छ तर नयाँ ईश्वरको जन्म हुने घोषणा भएको दिन फरक हो जुन दिन मेरीलाई उनले ईश्वरको एक नयाँ अवतारलाई जन्म दिँदै छन् भनिएको थियो ।

एक प्रकारले भन्दा जुन दिनदेखि क्राइस्टको कथा सुरु हुन्छ त्यस दिनलाई नै नयाँ वर्षको थालनी मान्नु कैयौँ दृष्टिकोणमा ठिक मानियो। सोह्रौँ शताब्दीमा पोप ग्रेगोरी तेह्रौँले ग्रेगोरिअन क्यालन्डर सुरु गरे। अनि त्यसमा क्याथलिक देशहरूमा जनवरी १ लाई नै नयाँ वर्षका रूपमा पुनर्स्थापित गरियो। तर इङ्ग्ल्यानड प्रोटेस्टन्ट राष्ट्र भएकाले सन् १७५२ सम्म मार्च २५ लाई नै वर्षको पहिलो दिन मानिन्थ्यो।

सन् १७५२ मा ब्रिटिश संसद्ले वर्षको पहिलो दिनको विषयमा बाँकी युरोपसँग समान हुने निर्णय गर्‍यो। अहिले धेरै देशहरूले त्यही ग्रेगोरिअन क्यालन्डरअनुसार नयाँ वर्ष मनाउँछन्। त्यसै कारण संसारभरि जनवरी १ का दिनलाई वर्षको पहिलो दिन मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का