2026-09-20 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’

काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले लैङ्गिक समानताको विकास गर्दै राज्यको मूलधारमा पर्न नसकेका, पिछडिएका वर्ग तथा समुदायका महिलाको उत्थानका लागि सरकारले सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।

‘समलैङ्गिक दृश्यता दिवस–२०२५’ को अवसरमा मितिनी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विकास र सशक्तीकरणका लागि वार्षिक बजेटमा रकम विनियोजन गरी योजना तथा कार्यक्रममा समेटेर काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले ‘समलैङ्गिक दृश्यता दिवस’ का अवसरमा शुभकामना व्यक्त गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशकभन्दा बढी भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका विषय अझै ओझेलमा परेका बताउनुभयो ।

मितिनी नेपालले प्रकाशन गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको महिलाका रूपमा पहिचान गर्ने ११ वटा प्रेरणादायी कथा समेटिएको पुस्तक ‘जीवन परिवर्तनको आँधी’ को विमोचन गर्दै मन्त्री सुडीले महिलावादी आन्दोलनमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई प्राथमिकता दिएर छलफल नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फरक यौनिकता भएकाले यो समुदायका महिला लान्छना, भेदभाव, अपमान, धम्की तथा दुव्र्यवहारको शिकार भएका छन् । यही कारणले समाजमा खुलेर आउन सकेका छैनन् ।” संविधानको धारा ३८ मा ‘महिलाको हक सुनिश्चित गर्दै प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान हक हुनेछ’ भनिएको छ । त्यसैगरी धारा ३८ मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।

यसैबीच, लैङ्गिक पहिचानसहितको विवाह दर्ता हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटमा विसं २०८० असार १३ गते अदालतले समलिङ्गी विवाहका लागि अस्थायी विवाह दर्ता गर्ने फैसला सुनाएको थियो । गृह मन्त्रालयले स्थानीय पञ्जीकाधिकारीको कार्यालयलाई अस्थायी अभिलेख दर्तालाई सहज बनाउन सोहीअनुसार निर्देशन दिएको थियो । सोहीअनुसार सो समुदायका कतिपय जोडीले आफ्नो विवाहलाई अस्थायी रूपमा दर्ता गराउँदै आएका मितिनी नेपालले जनाएको छ ।

हरेक वर्ष अप्रिल २६ लाई समलैङ्गिक दृश्यता दिवस विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएका छन् । मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेरको अधिकार स्थापनाका लागि सम्पर्क (फोकल) मन्त्रालयका रूपमा सधदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले समुदायबाट समयसापेक्ष समर्थन नपाउँदा महिलाभित्रका समलिङ्गी महिलाले अझै पनि विभिन्न चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक सरिता केसीले राज्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका लागि समान अधिकारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो