मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/>
८ माघ २०८२, बुधबार
पर्बत - PBT

मानवअधिकार एलाइन्सको १९ औं स्थापना दिवस सम्पन्न

२९ असार २०७४, बिहीबार १३:२२

मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बोल्दै मानवअधिकार एलाईन्स केन्द्रिय सचिव गोविन्द पहाडीले राज्यको तर्फबाट नागरिकहरुका विभिन्न अधिकारहरु हनन नहोउन, कतै हनन र उल्लघंनका घटनाहरु भएमा न्यायका लागि पहल गर्ने विभिन्न प्रकारका अभियानहरु सञ्चालन गर्ने मानवअधिकार एलाइन्सले यस वर्ष आफनो स्थापनाको सन्दर्भ पारेर वृद्धाश्रममा रहेका वृद्ध आमाहरु तथा बाबाहरुलाई फलफुल लगायतका सामाग्री वितरण गरेर प्रशंसनिय कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

भविष्यमा पनि यस्तै ओझेलमा परेका समुदायलाई राहत हुने प्रकृतिका कामहरु गर्न मानवअधिकार एलाइन्स  लगायतका संस्थाहरुको ध्यानाकर्षण समेत गर्नुभयो । एलाईन्स जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्सका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले आ आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एलाईन्स जिल्ला शाखा पर्वतकी उपाध्यक्ष नेत्रकला सुवेदीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता