७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी

२८ पुष २०८१, आईतवार ११:३९

ललिपुर | ललिपुरको धापाखेलमा पार्किङ गरी राखिएको कारमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ धापाखेल गैह्रीधारामा पार्किङ गरी राखिएको बागमती प्रदेश ०१२–०२८ च २४६३ नम्बरको कारमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान ३ बजे आगलागी भएको सूचनापछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए ।

दुईटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रशान्त राईका अनुसार आगालागीबाट कार पूर्ण रूपमा क्षति भएको छ । कार वीरगञ्ज घर भई सोही स्थानमा बस्ने कल्पना बुढाथोकीको रहेको प्रहरीले जनाएको छ । कार पार्क गरिएको नजिक रहेको टहरा पनि पूर्ण रूपमा क्षति भएको छ । स्थानीयहरुले कसैले कारमा आगो लगाइदिएको हुनसक्ने आकनल गरेका छन् । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी