७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

९ माघ २०८१, बुधबार १५:०९

काठमाडौँ | भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।

भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए । लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए ।

‘भागेर जंगलतिर लुकेर बसेका थिए, त्यसपछि सर्वसाधारणलाई समेत उनको हुलिया बताएर कतै देखिए खबर गर्न भनेका थियौं’, काफ्लेले भने, ‘त्यसक्रममा उनी मुख्य बाटोतिर निस्किएको खबर आएको थियो ।’

त्यही क्रममा गाडीमा चढेर काठमाडौं आउने क्रममा प्रहरी चौकी गढीको टोलीले ती नाइजेरियन नागरिकलाई पक्राउ गरेको उनले बताए ।

२५ वर्षीय नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई भोजपुर प्रहरीले ७ माघमा भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट पक्राउ गरेको थियो । त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर भोजपुरका प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले उनलाई को १ झ ६१६ नम्बरको गाडमिा उनलाई काठमाडौंतर्फ ल्याइँदै थियो ।

प्रहरीका अनुसार, अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउनक ालागि उनलाई टोलीले ल्याइरहेको थियो । त्यही क्रममा शौच गर्न निस्किएका बेला उनी भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी