३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हजारौं श्रदालु तथा दर्शनार्थीहरुले गरे बान्नीको कांकर र बान्नी मष्टाको दर्शन

१० बैशाख २०७३, शुक्रबार १२:४१

सम्राट सिंह /बैशाख १०, बझाङ । सुदुर पश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन ।

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारे पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।
bajhang
होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी देविराज पन्डितले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै २५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु विच भकुन्डो खेल्ने प्रचलन रहेको छ ।

यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन । राक्षस लाई मारी सके पछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।

चैतली मेला हेर्नकै लागी भनेर पाल्पा जिल्लाबाट बझाङ आएका विजय रेग्मीले आफुले कहिल्यै नदेखेको दृष्य चैतलीमा देखेको बताए । उनले भने ‘त्यति ठुलो रुखलाई मान्छेले समातेर हिडाएको आज सम्म देखेको थिएन । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो’
मेला हेर्न र प्रर्बधन गर्नका लागी यस पटक नेपाल पर्यटन बोर्डको एक टोली पनि बझाङ आएको छ । बोर्डका बरिष्ठ अधिकृत खड्कविक्रम शाहको नेतृत्वमा सुन्दर सुदुर पश्चिम पर्यटन विकास अभियानका अभियन्ता किसोर खडका, पर्यटन व्यवसायीको छाता संगठन सोट्टो नेपालका अध्यक्ष यम खड्का र विभिन्न मिडियाका पत्रकारहरुको टोली चैतली पुगेको थियो ।

चैतली मेलामा बोर्डको सहभागीताले यहांको संस्कृती प्रर्बधनहुने र पर्यटकहरुको आवागमन बढ्ने आफुहरुले आसा राखेको चैतली मेला व्यवस्थापन समितिका एक सदस्य मनोेज पन्डितले बताए । यस वर्ष १० हजार भन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको उनले बताए ।

फोटो क्याप्सन :चैतली मेलामा कांकर (लिङ्गो) बोकेर ल्याउदै गरेका स्थानियहरु /तस्विर: सम्रँट सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’