१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२७ वर्षअघि हराएका मानिस महाकुम्भ मेलामा भेटिएपछि…

१७ माघ २०८१, बिहीबार १५:१९

एजेन्सी | भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा विश्वका करोडौं मानिस आएका छन् । भिडभाडमा सँगै गएको कोही छुट्यो भने पुन: फेला पार्न निकै मुस्किल पर्छ । तर, मेलामा छुट्टिने मात्रै होइन कोही वर्षौं पहिले हराएकाहरू भेटिन्छन् पनि ।

झारखण्डका एक परिवारले २७ वर्षदेखि हराएको आफ्नो परिवारका सदस्यलाई हाल प्रयागराजमा जारी कुम्भमेलामा भेट्टाएको दाबी गरेका छन्। हराएका गंगासागर यादव अहिले ६५ वर्षीय अघोरी साधु बाबा राजकुमारका रुपमा फेला परेका हुन्।

गंगासागर सन् १९९८ मा पटना जाने क्रममा हराएका थिए। उनको केही पत्ता नलाग्दा पत्नी धनवा देवीले दुई छोरा कमलेश र विमलेशलाई एक्लै हुर्काएकी थिइन्।

गंगासागरका कान्छा भाइ मुरली यादवले भने, “धेरै वर्षसम्म उनलाई नफेला हामीले आशा छाडेका थियौं। तर कुम्भमेलामा सहभागी एक जना नातेदारले गंगासागर जस्तै देखिने व्यक्तिको फोटो खिचेर पठाएपछि हामीले उनलाई खोजेर भेट्यौं। फोटो हेरेर म, धनवा देवी र छोराहरू कुम्भमेला गएर उनलाई घर फर्काउन खोजेका हौं।”

तर बाबा राजकुमारले आफ्नो पूर्व परिचय गंगासागर यादवको रूपमा स्वीकार गर्न अस्वीकार गरे। उनले वाराणसीका साधु हुने दाबी गर्दै अघिल्लो जीवनसँग कुनै सम्बन्ध नराखेका छन्।

परिवारले उनलाई गंगासागर नै भन्ने जोड दिँदै लामो दाँत, निधारमा चोटको चिन्ह र घुँडामा निशानलाई पहिचान गराएका छन्। धनवा देवी र मुरली यादवले उनको वास्तविक परिचय पुष्टि गर्न डीएनए परीक्षण मागेका छन्।

मुरली यादवले भने, “कुम्भमेला समाप्त हुन्जेल हामी प्रतीक्षा गर्नेछौं। यदि डीएनए परीक्षणले मेल नखायो भने बाबा राजकुमारसँग माफी माग्नेछौं।”

केही परिवारजन घर फर्किए भने केहीले बाबा र उनकी साध्वीसँग नजर राखेका छन्। मेला सकिएपछि डीएनए नतिजा आधारमा कानूनी कारबाही गर्न तयार छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’