७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

१८ माघ २०८१, शुक्रबार १६:३७

काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

भक्तपुर जिल्ला अदालतले शुक्रबार तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका वैतनिक वकिल शेषांश गिरीले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो । उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पुर्‍याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार तामाङ धरौटी बुझाएपछि आजै रिहा हुनेछिन् ।

तामाङले पुल तर्दा पैसा लिनु गलत भएको भन्दै टिकट जलाउनुका साथै सूचना पाटी च्यातेकी थिइन् । तामाङलाई थुनामा राखेपछि सामाजिक सञ्जालदेखि संसदीय समितिसम्म यो विषयले चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी