२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप अभियान शुरु

२०७३, २६ बैशाख आईतवार ०७:०३

सम्राट सिंह/ बैशाख २६, बझाङ । विकट हिमाली जिल्ला बझाङमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप अभियान शुरु भएको छ ।

जापानिज इन्सेफ्लाइटिस रोग नियन्त्रण गर्ने उद्येश्यले आइतबारबाट बझाङ जिल्लामा पनि खोप अभियान शुरु गरिएको हो ।
एक बर्ष पूरा गरी पन्ध्र बर्ष ननाघेका जिल्लाका सम्पूर्ण बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भानुभक्त जोशीले बताए । जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामा खोप दिइने उनको भनाइ छ ।

नेपालमा ८५ प्रतिशत १५ बर्ष मुनिका बालबालिकाहरुमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको तथ्यांकमा उल्लेख छ ।
आजदेखि शुरु भएको खोप कार्यक्रम अन्य जनस्वास्थ्य कार्यक्रम प्रभावित नहुने गरी जेठ महिना भर संञ्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

यातायातको बिस्तार लगायत विभिन्न कारणले जापानिज इन्सेफ्लाइटिस रोग तराईमा मात्र नभएर पहाडि तथा हिमाली जिल्लाहरुमा समेत देखा परेको छ ।

जापानिज इन्सेफ्लाइटिस रोगको समयमा नै उपचार नभएमा करीब एक तिहाई बिरामीहरुमा हातखुट्टा पक्षघात,व्यवहार परिवर्तन,स्मरण शक्तिमा कमी आउने जस्ता स्नायु्सँग सम्बन्धित कडा किसिमको मानसिक तथा शाररिक अपाङ्गता हुन्छ भने बाँकी एक तिहाइ बिरामीहरु निको हुन सक्ने जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिष्णु खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन