३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमै पहिलो पटक सुविधा सम्पन्न खेल मैदान निर्माण

२८ बैशाख २०७३, मंगलवार ०२:२७

bajhang sport field

झोता वजारमा रहेको निमार्णाधिन जिल्ला कै पहिलो खेल मैदान

सम्राट सिंह/ बैशाख २७, बझाङ । जिल्लामा खेल मैदान नभएर खेलकुद क्षेत्रको विकासमा अवरोध भैरहेको बेला जिल्ला खेलकद विकास समितिले सुविधा सम्पन्न खेल मैदान निर्माण कार्य सुरु गरैको छ ।

जिल्ला खेलकुद विकास समिति बझाङ मार्फत निमार्ण सुरु गरिएको मैदान सम्याउनका लागी ५ लाख बजेट समेत विनियोजन भएको समितिका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी प्रकास बहादुर सिंहले जानकारी दिए । उनले भने ‘खेल मैदानको लागी जग्गा नपाएका कारण प्रत्येक बर्ष खेलकुद परिषद बाट आउने सुविधाबाट हामी बञ्चित भएका थियौ । अव जग्गाको समस्या हटेको छ’ ।

निशुल्क जग्गा प्राप्त भए पछि राष्ट्रिय खेलकुद परिषदले खेल मैदान निमार्णको काम पनि सुरु गरी सकेको छ ।जिल्ला कै पहिलो सुविधा सम्मन्न खेल मैदान बनाउनका लागी भैरबनाथ गाविस सुडिखोला गा“उका बासिन्दाले उक्त जग्गा दान गरेका हुन । बझाङ जिल्ला क्षेत्र नं २ को केन्द्र मानिने झोता बजारमा रहेको करिव २२ हजार बर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा सुडिखोलाका २० परिवार परिवारले संयुक्त रुपमा दान गरेका हुन ।

आफ्नो क्षेत्रमा खेलकुदको विकास भन्ने उद्देश्यले आफुहरुले जग्गा दान गरेको एक जग्गादाता खड्क गिरीले बताए । ‘हाम्रा ठांउमा पनि खेल क्षेत्रमा नाम कमाउन सक्ने प्रतिभाहरु छन ’ गिरीले भने ‘खेल मैदान जस्ता आधारभुत पुर्वाधारको अभावमा आफ्नो क्षमता विकास गर्न सकिरहेका छैनन । त्यसैले सबै मिलेर जग्गादान गर्ने निर्णय गर्यौ ।’

आगामी बर्ष भित्रै खेल मैदानमा विभिन्न जिल्ला स्तरिय खेलहरु आयोजना गर्न सकिने गरि निमार्ण कार्य थालिएको अध्यक्ष सिंहको भनाई छ । प्रत्येक वर्ष मैदानमा विभिन्न सुविधाहरु थप गदै लैजानका लागी खेलकुद परिषदले सम्भाव्यता अध्ययन गर्ने सहमति दिई सकेको जानकारी दिदै सिंहले भने ‘इन्जिनियरले सम्भाव्यता हेरी सके पछि प्यारापिट लगायत अन्य पुर्वाधारहरु थप्ने योजना वनाएका छौ’ भविश्यमा यस मैदानमा प्रदेश स्तरका खेलहरु पनि संचालन गर्ने खेलकुद विकास समितिको योजना रहेको छ ।

४÷५ वटा खेलको प्रशिक्ष्ँणको व्यवस्था जिल्ला खेलकुद विकास समितिले गरेको भए पनि मैदान नभएका कारण प्रशिक्षण अभ्यास गराउन नसकेको अवस्थामा मैदान निमार्ण भए पछि यो समस्या हट्ने जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव नरेस सिंहले बताए ।

जेठ अन्तिम तिर मैदान निमार्णको सम्पुर्ण काम पुरा हुने र त्यस पछि थप पुर्वाधार विकास गर्ने काम सुरु हुने एक जग्गा दाता तथा निमार्ण समितिका उपाध्यक्ष देव गिरीले जानकारी दिए ।

६७ किक्तामा रहेको उक्त जग्गा १८ परिवार गिरी, एक परिवार विस्ट र १ परिवार कठायतले खेलकुद विकास समितिलाई दान गरेका थिए । स्थानिय प्रचलन अनुसार उक्त जग्गाको मुल्य झण्डै एक करोड बरावर रहेको समितिका अध्यक्ष प्रकास सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’