२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमै पहिलो पटक सुविधा सम्पन्न खेल मैदान निर्माण

२०७३, २८ बैशाख मंगलवार ०२:२७

bajhang sport field

झोता वजारमा रहेको निमार्णाधिन जिल्ला कै पहिलो खेल मैदान

सम्राट सिंह/ बैशाख २७, बझाङ । जिल्लामा खेल मैदान नभएर खेलकुद क्षेत्रको विकासमा अवरोध भैरहेको बेला जिल्ला खेलकद विकास समितिले सुविधा सम्पन्न खेल मैदान निर्माण कार्य सुरु गरैको छ ।

जिल्ला खेलकुद विकास समिति बझाङ मार्फत निमार्ण सुरु गरिएको मैदान सम्याउनका लागी ५ लाख बजेट समेत विनियोजन भएको समितिका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी प्रकास बहादुर सिंहले जानकारी दिए । उनले भने ‘खेल मैदानको लागी जग्गा नपाएका कारण प्रत्येक बर्ष खेलकुद परिषद बाट आउने सुविधाबाट हामी बञ्चित भएका थियौ । अव जग्गाको समस्या हटेको छ’ ।

निशुल्क जग्गा प्राप्त भए पछि राष्ट्रिय खेलकुद परिषदले खेल मैदान निमार्णको काम पनि सुरु गरी सकेको छ ।जिल्ला कै पहिलो सुविधा सम्मन्न खेल मैदान बनाउनका लागी भैरबनाथ गाविस सुडिखोला गा“उका बासिन्दाले उक्त जग्गा दान गरेका हुन । बझाङ जिल्ला क्षेत्र नं २ को केन्द्र मानिने झोता बजारमा रहेको करिव २२ हजार बर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा सुडिखोलाका २० परिवार परिवारले संयुक्त रुपमा दान गरेका हुन ।

आफ्नो क्षेत्रमा खेलकुदको विकास भन्ने उद्देश्यले आफुहरुले जग्गा दान गरेको एक जग्गादाता खड्क गिरीले बताए । ‘हाम्रा ठांउमा पनि खेल क्षेत्रमा नाम कमाउन सक्ने प्रतिभाहरु छन ’ गिरीले भने ‘खेल मैदान जस्ता आधारभुत पुर्वाधारको अभावमा आफ्नो क्षमता विकास गर्न सकिरहेका छैनन । त्यसैले सबै मिलेर जग्गादान गर्ने निर्णय गर्यौ ।’

आगामी बर्ष भित्रै खेल मैदानमा विभिन्न जिल्ला स्तरिय खेलहरु आयोजना गर्न सकिने गरि निमार्ण कार्य थालिएको अध्यक्ष सिंहको भनाई छ । प्रत्येक वर्ष मैदानमा विभिन्न सुविधाहरु थप गदै लैजानका लागी खेलकुद परिषदले सम्भाव्यता अध्ययन गर्ने सहमति दिई सकेको जानकारी दिदै सिंहले भने ‘इन्जिनियरले सम्भाव्यता हेरी सके पछि प्यारापिट लगायत अन्य पुर्वाधारहरु थप्ने योजना वनाएका छौ’ भविश्यमा यस मैदानमा प्रदेश स्तरका खेलहरु पनि संचालन गर्ने खेलकुद विकास समितिको योजना रहेको छ ।

४÷५ वटा खेलको प्रशिक्ष्ँणको व्यवस्था जिल्ला खेलकुद विकास समितिले गरेको भए पनि मैदान नभएका कारण प्रशिक्षण अभ्यास गराउन नसकेको अवस्थामा मैदान निमार्ण भए पछि यो समस्या हट्ने जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव नरेस सिंहले बताए ।

जेठ अन्तिम तिर मैदान निमार्णको सम्पुर्ण काम पुरा हुने र त्यस पछि थप पुर्वाधार विकास गर्ने काम सुरु हुने एक जग्गा दाता तथा निमार्ण समितिका उपाध्यक्ष देव गिरीले जानकारी दिए ।

६७ किक्तामा रहेको उक्त जग्गा १८ परिवार गिरी, एक परिवार विस्ट र १ परिवार कठायतले खेलकुद विकास समितिलाई दान गरेका थिए । स्थानिय प्रचलन अनुसार उक्त जग्गाको मुल्य झण्डै एक करोड बरावर रहेको समितिका अध्यक्ष प्रकास सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला