१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरभित्र आमा र दुई वर्षीया छोरी झुण्डिएको अवस्थामा मृत फेला

२५ माघ २०८१, शुक्रबार १२:३४

कैलाली | कैलालीमा घरभित्र आमा-छोरी मृत भेटिएका छन्।

गोदावरी नगरपालिका-११ मा २४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी मृत भेटिएका हुन्।

उनीहरूलाई आफ्नै घरभित्र झुण्डिएको अवस्थामा बिहीबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए।

‘उनीहरू झुण्डिएको देखेपछि देबर पर्नेले सासु र अरूलाई बोलाएको रहेछ, छोरी बाँच्छिन् कि भनेर डोरीसमेत काटिदिएछन्। तर बचाउन सकिएन,’ डिएसपी बोहराले भने।

बिहीबार घरमा आमाछोरी मात्रै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। मिराकी सासु धनगढी गएकी थिइन् भने श्रीमान् र ससुरा रोजगारीको शिलशिलामा भारतमा छन्।

दुवै शव परीक्षणका लागि प्रादेशिक अस्पतालामा राखिएको छ। घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का