८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा स्कुलबाट फर्किरहेकी १४ वर्षीया किशोरी बलात्कृत

२७ माघ २०८१, आईतवार ११:४६

काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा  किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, विद्यालयबाट घर फर्किने क्रममा एक १८ वर्षीय युवकले किशोरीलाई चक्कु देखाएर धम्क्याएका थिए । जीवन जोखिममा पर्ने डरले उनी युवकसँग जान बाध्य भएकी थिइन् । युवकले उनलाई आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेको र त्यसपछि फरार भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन् । घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी दर्ता गरी युवकको खोजी तीव्र बनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार, घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइसकेको छ भने अभियुक्त पत्ता लगाउने र कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता