२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एकको मृत्यु, पाँच जना घाइते

२०८१, २८ माघ सोमबार १२:२७

बाँके | बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा भएको थियो । झगडामा परी स्थानीय १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।

दिनेशमाथि बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए । त्यसपछि दुई समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको थियो । आइतबार उपचारका क्रममा लखनउमै दिनेशको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए । उनीमाथि धारिलो हतियार प्रहार गरेको आरोपित रामबहादुर राना पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो