७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप

२९ माघ २०८१, मंगलवार १३:४८

काठमाडौँ | काठमाडौंको चाबहिलस्थित कुमारीगालमा चोरीको मोबाइललाई लिएर दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ।

गत आइतबार बिहान झडपको क्रममा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरी अनुसन्धानअनुसार, एउटा समूहले मोबाइल चोरेपछि अर्को समूहले देखेपछि विवाद सुरु भएको थियो। सोही विवादले उग्र रूप लिँदा कार्की गम्भीर घाइते भएका थिए।

प्रहरी टोलीले घटनास्थलबाट कार्कीलाई उद्धार गरी काठमाडौं शिक्षण अस्पताल (केएमसी) पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की, र विशाल तामाङ रहेका छन्। न्युतु शेर्पाविरुद्ध पाँच पटक र विशाल तामाङविरुद्ध दुई पटक अभद्र व्यवहारको मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अर्का एक जना भने अझै फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको र ट्र्याकिङ भइसकेको जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी