२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप

२०८१, २९ माघ मंगलवार १३:४८

काठमाडौँ | काठमाडौंको चाबहिलस्थित कुमारीगालमा चोरीको मोबाइललाई लिएर दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ।

गत आइतबार बिहान झडपको क्रममा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरी अनुसन्धानअनुसार, एउटा समूहले मोबाइल चोरेपछि अर्को समूहले देखेपछि विवाद सुरु भएको थियो। सोही विवादले उग्र रूप लिँदा कार्की गम्भीर घाइते भएका थिए।

प्रहरी टोलीले घटनास्थलबाट कार्कीलाई उद्धार गरी काठमाडौं शिक्षण अस्पताल (केएमसी) पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की, र विशाल तामाङ रहेका छन्। न्युतु शेर्पाविरुद्ध पाँच पटक र विशाल तामाङविरुद्ध दुई पटक अभद्र व्यवहारको मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अर्का एक जना भने अझै फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको र ट्र्याकिङ भइसकेको जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम