२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८१, २९ माघ मंगलवार १५:४४

काठमाडौँ | प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने बहानामा रकम असुली गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं. ६ का २२ वर्षीय आकाश भनिने विनोद दाहाल रहेका छन् ।

लागूऔषध मुद्दाको अनुसन्धानको क्रममा म्याद थप गरेर इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिने र आफूलाई प्रहरी निरीक्षक भनेर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।


हेमन विश्वकर्माका आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रुपैयाँ असुली गरेको र थप १५ हजार भएमा छोरा छुटाइदिने भन्दै ठगी गरेको कुरा प्रहरी अनुसन्धानबाट बाहिर आएको छ ।

पीडितको उजुरीपछि दाहाललाई रामधुनी नगरपालिका वडा नं. ५ स्थित लगौना मोडबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको एसपी सुमन तिम्सिनाले बताए ।

पक्राउ गरिएको समयमा दाहालसँग १५ हजार रुपैयाँ र मोबाइल बरामद गरिएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो