८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२९ माघ २०८१, मंगलवार १५:४४

काठमाडौँ | प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने बहानामा रकम असुली गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं. ६ का २२ वर्षीय आकाश भनिने विनोद दाहाल रहेका छन् ।

लागूऔषध मुद्दाको अनुसन्धानको क्रममा म्याद थप गरेर इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिने र आफूलाई प्रहरी निरीक्षक भनेर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।


हेमन विश्वकर्माका आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रुपैयाँ असुली गरेको र थप १५ हजार भएमा छोरा छुटाइदिने भन्दै ठगी गरेको कुरा प्रहरी अनुसन्धानबाट बाहिर आएको छ ।

पीडितको उजुरीपछि दाहाललाई रामधुनी नगरपालिका वडा नं. ५ स्थित लगौना मोडबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको एसपी सुमन तिम्सिनाले बताए ।

पक्राउ गरिएको समयमा दाहालसँग १५ हजार रुपैयाँ र मोबाइल बरामद गरिएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू