८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पूर्वी रुकुम - ERKM

रक्सीको मातमा पुनले नाति-बज्यैको हत्या गरेर आफूले आफैंलाई खुकुरी हानेर ज्यान फाले

३० माघ २०८१, बुधबार ११:४२

दाङ | रक्सीको मातका कारण नियन्त्रण गुमाउँदा रुकुमपूर्वमा एक पुरुषले नाति-बजैको हत्या गरेकाे प्रारम्भिक कारण प्रहरीले पत्ता लगाएकाे छ ।

रुकुमपूर्वको भूमे गाउँपालिका–४ साकिमका चन्द्रसिंह पुनले छिमेकी ६० वर्षका ढाँटी बुढा र ८ महिनाको बालक समिरको खुकुरी प्रहार गरी हत्या गरी त्यहीँ खुकुरीले आफूलाई पनि हानेर ज्यान फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव खरेलले अत्याधिक मदिराको मातले होस गुमाएर हजुरआमा र नातीको हत्या गरेको घटनाको अनुसन्धानबाट प्रारम्भिक कारणकाे रुपमा देखिएको बताए ।

‘घटनाको पुरानो रिसइबी केही देखिँदैन’ डिएसपी खरेलले भने, ‘खुकुरी प्रहार गरेर हत्या गरी आफू पनि भाग्दै गर्दा त्यहीँ खुकुरीले लागेर उनकाे मृत्यु भएको देखिन्छ ।’

हत्यामा संलग्न ५३ वर्षका चन्द्रसिंह भाग्दै थिए । हत्या गरे भन्दै हातमा खुकुरी लिएर भाग्दै गरेका सिंहबारे स्थानीयबासीले प्रहरीलाई सूचना दिएका थिए।

ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सिंह भिरबाट लडेर खसे जस्तो अवस्थामा प्रहरीले सिंहको शव फेला पारेको डिएसपी खरेलले बताए । डिएसपीले भने `सानोतिनो झगडा रहेछ, ती व्यक्ति मापसे गरेका रहेछन् । मापसेको उग्र रुपले हत्यासम्म पुर्याएको देखियो ।’

घटनामा मंगलबार दिउँसो २ बजेतिरको हो । चन्द्रसिंहको शव नजिकै नजिकै रगतसहितको खुकुरी प्रहरीले भेटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू