२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पूर्वी रुकुम - ERKM

रक्सीको मातमा पुनले नाति-बज्यैको हत्या गरेर आफूले आफैंलाई खुकुरी हानेर ज्यान फाले

२०८१, ३० माघ बुधबार ११:४२

दाङ | रक्सीको मातका कारण नियन्त्रण गुमाउँदा रुकुमपूर्वमा एक पुरुषले नाति-बजैको हत्या गरेकाे प्रारम्भिक कारण प्रहरीले पत्ता लगाएकाे छ ।

रुकुमपूर्वको भूमे गाउँपालिका–४ साकिमका चन्द्रसिंह पुनले छिमेकी ६० वर्षका ढाँटी बुढा र ८ महिनाको बालक समिरको खुकुरी प्रहार गरी हत्या गरी त्यहीँ खुकुरीले आफूलाई पनि हानेर ज्यान फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव खरेलले अत्याधिक मदिराको मातले होस गुमाएर हजुरआमा र नातीको हत्या गरेको घटनाको अनुसन्धानबाट प्रारम्भिक कारणकाे रुपमा देखिएको बताए ।

‘घटनाको पुरानो रिसइबी केही देखिँदैन’ डिएसपी खरेलले भने, ‘खुकुरी प्रहार गरेर हत्या गरी आफू पनि भाग्दै गर्दा त्यहीँ खुकुरीले लागेर उनकाे मृत्यु भएको देखिन्छ ।’

हत्यामा संलग्न ५३ वर्षका चन्द्रसिंह भाग्दै थिए । हत्या गरे भन्दै हातमा खुकुरी लिएर भाग्दै गरेका सिंहबारे स्थानीयबासीले प्रहरीलाई सूचना दिएका थिए।

ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सिंह भिरबाट लडेर खसे जस्तो अवस्थामा प्रहरीले सिंहको शव फेला पारेको डिएसपी खरेलले बताए । डिएसपीले भने `सानोतिनो झगडा रहेछ, ती व्यक्ति मापसे गरेका रहेछन् । मापसेको उग्र रुपले हत्यासम्म पुर्याएको देखियो ।’

घटनामा मंगलबार दिउँसो २ बजेतिरको हो । चन्द्रसिंहको शव नजिकै नजिकै रगतसहितको खुकुरी प्रहरीले भेटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा