७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर खसीको मासु भन्दै बेच्ने एक जना पक्राउ

३० माघ २०८१, बुधबार ११:५६

काठमाडौँ | खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ निवासी ४१ वर्षीय हारुन मिँया अन्सारी छन्।

जिप्रका पर्साका डीएसपी किशोर लम्सालका अनुसार अन्सारीले वीरगन्जस्थित प्रतिमा चोकमा आसमिन फ्रेस हाउस सञ्चालन गर्दै आएका छन्।

उनले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो। वडा प्रहरी कार्यालय श्रीपूरबाट खटिएको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको लम्सालले बताए।

‘फ्रेस हाउसमा खानतलासी गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर मासु बेचिरहेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘खसीको अण्डकोष टाँसिएको अवस्थामा हामीले १५ केजी बाख्राको मासुसमेत बरामद गरेका छौँ।’

पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या