२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर खसीको मासु भन्दै बेच्ने एक जना पक्राउ

२०८१, ३० माघ बुधबार ११:५६

काठमाडौँ | खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ निवासी ४१ वर्षीय हारुन मिँया अन्सारी छन्।

जिप्रका पर्साका डीएसपी किशोर लम्सालका अनुसार अन्सारीले वीरगन्जस्थित प्रतिमा चोकमा आसमिन फ्रेस हाउस सञ्चालन गर्दै आएका छन्।

उनले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो। वडा प्रहरी कार्यालय श्रीपूरबाट खटिएको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको लम्सालले बताए।

‘फ्रेस हाउसमा खानतलासी गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर मासु बेचिरहेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘खसीको अण्डकोष टाँसिएको अवस्थामा हामीले १५ केजी बाख्राको मासुसमेत बरामद गरेका छौँ।’

पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह