२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा चक्कु लिएर प्रहरी लखेट्ने युवक नियन्त्रणमा, किन लखेटे?

२०८१, ३० माघ बुधबार १२:४७

कैलाली | धनगढीमा ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। मंगलबार राति सवा ८ बजे हातमा चक्कु लिएर ‘हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेका हुन्।

सडकमा प्रहरीले उनलाई नियन्त्रणको प्रयास गरेको थियो। उनलाई नियन्त्रणमा लिन नसकेको भनेर स्थानीयले प्रहरीको आलोचना गरेपछि एकजना प्रहरीले ती युवकलाई पछाडिबाट लाठी प्रहार गर्छन्। लगत्तै ती प्रहरीलाई युवकले चक्कु प्रहारको प्रयाससहित लखेट्छन्। तर, केहीबेरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले ती युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको बताए।

‘यी युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।’

प्रहरीका अनुसार, आक्रमणमा उत्रिएका युवक धनगढी उपमहानगरपालिका-१४ का वर्ष ३६ का टेकबहादुर टमाटा हुन्। पक्राउ परेका टमाटालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह