७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरमा सोरुम फुटाएर कार चोरी, भाग्दै गर्दा तेल सकिएपछी परे पक्राउ

२ फाल्गुन २०८१, शुक्रबार १६:४९

विराटनगर | विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूजा इन्टरनेसनल नेपाल प्रा.लिको सोरुमबाट फोक्स बगान ब्रान्डको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरी भएको थियो । यसको बजार मूल्य ८० लाख रहेको बताइन्छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ । बिहीबार राति करिब २ बजेतिर गेट खोलेर भित्र छिरेका व्यक्तिले सिसाको ढोका फुटाएर कार लग्दै गरेको सीसी क्यामेरा फुजेटमा देखिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ स्थायी घर भइ हाल विराटनगर–४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।‌

चोरी भएको गाडी तेल सकिएर रोकेर राखिएको अवस्थामा नेपाल भारत सीमा क्षेत्र सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिएको एसपी चिमरियाले बताए । चोरीमा संलग्न विराटनगर-४ का एक युवा रहेको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या