४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जेसिबीले पल्टाएको ढुंगाले लाग्दा विद्यालय जाँदै गरेकी ८ वर्षीय बालिकाको मृत्यु

४ फाल्गुन २०८१, आईतवार १३:३७

गुल्मी | गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटारमा जेसीबीले खसालेको ढुंगाले लागेर आठ वर्षीय बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार मृतक बालिका ८ वर्षीय विष्णु कुमाल हुन्।

आइतबार बिहान विद्यालय जाँदै गर्दा श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा खसालेको ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन्। समयमै उद्धार हुन नसक्दा उनी अस्पताल पुगी मृत घोषित भएको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाले निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन्। तीन वर्षदेखि चलिरहेको सडक निर्माण सुस्त गतिमा भइरहेको र सुरक्षा मापदण्ड पालना नगरिएको स्थानीयको गुनासो छ। श्रेष्ठ कन्ट्रक्सनले कुनै पूर्वसूचना नदिई अनियमित रूपमा ढुंगा फाल्ने गरेकाले नै यस्तो दुर्घटना भएको बताइएको छ।

घटनापछि प्रहरीले जेसीबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका–४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ। बालिकाले घर नजिकैको पालुखा माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छन्।

हाल बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ