२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

चोरीको तिलहरी बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, उनकै २ साथी पक्राउ

५ फाल्गुन २०८१, सोमबार १३:१४

दैलेख | दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको हो। सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

माघ २५ गतेदेखि सम्पर्कविहीन भएका राजनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए। हराएका बालकको हुलिया परिपत्र गरी प्रहरीले खोजतलास गरेको थियो। अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरूले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १४ र १७ वर्षका २ बालकलाई पक्राउ गरेको छ। उनीहरूले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने विषयमा विवाद हुँदा ती बालकलाई आफ्नै साथीले माघ २५ गते राति नै हत्या गरेर घरनजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए।

फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो।

ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने । दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए ।

‘अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्साको छेउमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव भेटिएको हो,’ प्रहरी निरीक्षक सुनारले भने, ‘गाडेको अवस्थामा हराएका भनिएका बालकको शव फेला परेको छ। घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’

उनीहरूविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ