२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो

२०८१, ७ फाल्गुन बुधबार १७:५७

एजेन्सी | भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपालमा सडकदेखि संसदसम्म तातिएको छ भने भारतमा पनि यो विषय निकै चर्किएको छ ।

खासगरी लम्सालको शव भेटिएपछि भएको प्रदर्शनका क्रममा विश्वविद्यालय प्रशासनले गरेको व्यवहारले यो घटना दुई देशबीचको सम्बन्धमै खलल पार्ने अवस्था आएको थियो । र, व्यापक कूटनीतिक दबाबपछि विश्वविद्यालय प्रशासन माफी माग्न बाध्य भएको थियो । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने विश्वविद्यालयका प्रोफेसरहरूले समेत नेपालसँग माफी माग्दै भिडियोहरू जारी गरेका छन् ।

मृत्युको करिब दुई घण्टाअघि मात्र उनले बुटवलस्थित आफ्नी आमासँग फोनमा कुरा गर्दै कलेज फेस्टमा भाग लिएर कोठामा फर्केपछि बेलुका फोन गर्ने वाचा गरेकी थिइन् । तर, दुई घण्टा पछि उनको परिवारले कलेज प्रशासनको अर्को फोन पायो, जसमा उनीहरुलाई तत्काल भुवनेश्वर आउन अनुरोध गरिएको थियो ।

बुटवल निवासी प्रकृतिलाई उनका परिवार र साथीहरूले मेधावी र होनहार छात्राको रूपमा चिन्थे । उनी विद्यालयमा उत्कृष्ट विद्यार्थी थिइन् र भविष्यमा आईटी क्षेत्रमै करिअर बनाउने सपना देख्थिन् । उनी स्वभावले अन्तर्मुखी थिइन् र सजिलै आफ्ना कुरा व्यक्त गर्दिनथिन् ।

प्रकृतिले आफ्ना दुई दाजुभाइसँगै सन् २०२२–२३ शैक्षिकसत्रमा केआईआईटीमा भर्ना लिएकी थिइन् । उनी कम्प्युटर साइन्स अध्ययन गरिरहेकी थिइन्, जहाँ उनका भाइ अनुरोध पनि सँगै थिए भने अर्का भाइ सिद्धान्त सिग्देल मेकानिकल इन्जिनियरिङ विभागमा थिए ।

परिवारका अनुसार प्रकृतिले आफूलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएको २१ वर्षीय लखनऊ निवासी विद्यार्थीबारे कलेज प्रशासनलाई गुनासो गरेकी थिइन् । तर, कलेजले आवश्यक कारबाही नगरी सामान्य काउन्सिलिङमा सीमित राखेको बताइएको छ । ती युवा र प्रकृतिबीच भएको कुराकानीका केही अडियो क्लिपहरू पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन्, जसमा युवती रोएको सुनिन्छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कलेज प्रशासनले दुवै जना प्रेमसम्बन्धमा रहेको दाबी गरेको थियो, तर परिवारले त्यसलाई अस्वीकार गर्दै उनले मानसिक तनावका कारण आत्महत्या गर्नुपरेको बताएका छन् । हाल आरोपी पक्राउ परिसकेको छ ।

प्रकृतिका साथीका बुबा निशान कँडेलका अनुसार उनी सानैदेखि अन्तर्मुखी थिइन् । ‘उनी मेरी छोरीसँग धेरै नजिक थिइन् । उनले आफ्नो मानसिक तनावबारे बताए पनि कसैलाई नभन्न अनुरोध गरेकी रहिछन् । मलाई त उनको मृत्यु भएपछि मात्र यो सबै थाहा भयो,’ कँडेलले भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेससँग भनेका छन् ।

उनकै सहपाठीहरूले प्रकृतिलाई एक अनुशासित र मिहिनेती विद्यार्थीको रूपमा सम्झन्छन् । ‘हामी कक्षामा सधैँ भेट्थ्यौं, तर उनले के सहन गरिरहेकी थिइन्, त्यसबारे हामीलाई केही थाहा थिएन,’ एक साथीले भने।

उनका भाइ सिद्धान्त सिग्देलले प्रहरीसमक्ष उजुरी दिएका छन् । ‘हामी भिन्न शाखाका विद्यार्थी भएकाले प्रत्यक्ष सम्पर्क कम थियो, तर अनुरोधसँग कुरा गर्दा उनले प्रकृतिको अवस्थाबारे कहिल्यै केही बताइनन्,’ उनले भने।

प्रकृतिका परिवार, साथीहरू र नेपालका विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । केआईआईटी विश्वविद्यालयको वेबसाइटअनुसार त्यहाँ भारतका विभिन्न स्थानबाट झण्डै ४० हजार विद्यार्थी अध्ययन गर्छन् भने ६५ देशका २ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये ४० प्रतिशत नेपालका छन् । उनीहरूले शैक्षिक संस्थाले विद्यार्थीहरूको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन कडा नीति अपनाउनुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी