४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो

७ फाल्गुन २०८१, बुधबार १७:५७

एजेन्सी | भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपालमा सडकदेखि संसदसम्म तातिएको छ भने भारतमा पनि यो विषय निकै चर्किएको छ ।

खासगरी लम्सालको शव भेटिएपछि भएको प्रदर्शनका क्रममा विश्वविद्यालय प्रशासनले गरेको व्यवहारले यो घटना दुई देशबीचको सम्बन्धमै खलल पार्ने अवस्था आएको थियो । र, व्यापक कूटनीतिक दबाबपछि विश्वविद्यालय प्रशासन माफी माग्न बाध्य भएको थियो । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने विश्वविद्यालयका प्रोफेसरहरूले समेत नेपालसँग माफी माग्दै भिडियोहरू जारी गरेका छन् ।

मृत्युको करिब दुई घण्टाअघि मात्र उनले बुटवलस्थित आफ्नी आमासँग फोनमा कुरा गर्दै कलेज फेस्टमा भाग लिएर कोठामा फर्केपछि बेलुका फोन गर्ने वाचा गरेकी थिइन् । तर, दुई घण्टा पछि उनको परिवारले कलेज प्रशासनको अर्को फोन पायो, जसमा उनीहरुलाई तत्काल भुवनेश्वर आउन अनुरोध गरिएको थियो ।

बुटवल निवासी प्रकृतिलाई उनका परिवार र साथीहरूले मेधावी र होनहार छात्राको रूपमा चिन्थे । उनी विद्यालयमा उत्कृष्ट विद्यार्थी थिइन् र भविष्यमा आईटी क्षेत्रमै करिअर बनाउने सपना देख्थिन् । उनी स्वभावले अन्तर्मुखी थिइन् र सजिलै आफ्ना कुरा व्यक्त गर्दिनथिन् ।

प्रकृतिले आफ्ना दुई दाजुभाइसँगै सन् २०२२–२३ शैक्षिकसत्रमा केआईआईटीमा भर्ना लिएकी थिइन् । उनी कम्प्युटर साइन्स अध्ययन गरिरहेकी थिइन्, जहाँ उनका भाइ अनुरोध पनि सँगै थिए भने अर्का भाइ सिद्धान्त सिग्देल मेकानिकल इन्जिनियरिङ विभागमा थिए ।

परिवारका अनुसार प्रकृतिले आफूलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएको २१ वर्षीय लखनऊ निवासी विद्यार्थीबारे कलेज प्रशासनलाई गुनासो गरेकी थिइन् । तर, कलेजले आवश्यक कारबाही नगरी सामान्य काउन्सिलिङमा सीमित राखेको बताइएको छ । ती युवा र प्रकृतिबीच भएको कुराकानीका केही अडियो क्लिपहरू पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन्, जसमा युवती रोएको सुनिन्छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कलेज प्रशासनले दुवै जना प्रेमसम्बन्धमा रहेको दाबी गरेको थियो, तर परिवारले त्यसलाई अस्वीकार गर्दै उनले मानसिक तनावका कारण आत्महत्या गर्नुपरेको बताएका छन् । हाल आरोपी पक्राउ परिसकेको छ ।

प्रकृतिका साथीका बुबा निशान कँडेलका अनुसार उनी सानैदेखि अन्तर्मुखी थिइन् । ‘उनी मेरी छोरीसँग धेरै नजिक थिइन् । उनले आफ्नो मानसिक तनावबारे बताए पनि कसैलाई नभन्न अनुरोध गरेकी रहिछन् । मलाई त उनको मृत्यु भएपछि मात्र यो सबै थाहा भयो,’ कँडेलले भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेससँग भनेका छन् ।

उनकै सहपाठीहरूले प्रकृतिलाई एक अनुशासित र मिहिनेती विद्यार्थीको रूपमा सम्झन्छन् । ‘हामी कक्षामा सधैँ भेट्थ्यौं, तर उनले के सहन गरिरहेकी थिइन्, त्यसबारे हामीलाई केही थाहा थिएन,’ एक साथीले भने।

उनका भाइ सिद्धान्त सिग्देलले प्रहरीसमक्ष उजुरी दिएका छन् । ‘हामी भिन्न शाखाका विद्यार्थी भएकाले प्रत्यक्ष सम्पर्क कम थियो, तर अनुरोधसँग कुरा गर्दा उनले प्रकृतिको अवस्थाबारे कहिल्यै केही बताइनन्,’ उनले भने।

प्रकृतिका परिवार, साथीहरू र नेपालका विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । केआईआईटी विश्वविद्यालयको वेबसाइटअनुसार त्यहाँ भारतका विभिन्न स्थानबाट झण्डै ४० हजार विद्यार्थी अध्ययन गर्छन् भने ६५ देशका २ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये ४० प्रतिशत नेपालका छन् । उनीहरूले शैक्षिक संस्थाले विद्यार्थीहरूको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन कडा नीति अपनाउनुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ