२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रत्येक नेपालीको थाप्लोमा ९० हजार ऋण, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

९ फाल्गुन २०८१, शुक्रबार १३:५२

काठमाडौँ | चालू आर्थिक वर्ष २०८१-८२ मा सरकारले १ खर्ब ७६ अर्ब ९६ करोड रुपियाँ ऋण थप गरेसँगै सार्वजनिक ऋणको भार २६ खर्ब ११ अर्ब ६ करोड रुपियाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको हिस्सा ४५.७७ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ। चालू आवको सुरुआतमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँ थियो। पछिल्लो जनगणनाका आधारमा नेपालको जनसंख्या २ करोड ९१ लाख रहेकाले प्रतिव्यक्ति ऋण भार करिब ९० हजार रुपियाँ पुगेको छ।

चालू वर्षमा सरकारले ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्म ५३.१२ प्रतिशत अर्थात् २ खर्ब ९० अर्ब ५७ करोड ६४ लाख रुपियाँ प्राप्त भइसकेको छ। कुल ऋणमध्ये आन्तरिकतर्फ १२ खर्ब ८२ अर्ब ८१ करोड १८ लाख (२२.४९%) र बाह्यतर्फ १३ खर्ब २८ अर्ब २५ करोड १४ लाख (२३.२८%) रहेको छ।

पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण झन्डै २० खर्बले वृद्धि भएको छ। भूकम्प, नाकाबन्दी, कोरोना महामारीले राजस्व संकलनमा असर पार्दा ऋण लिने क्रम तीव्र भएको छ। तर, सार्वजनिक ऋणको वृद्धिसँगै पुँजीगत खर्चमा भने सुधार हुन सकेको छैन। चालू वर्षको सात महिनामा पुँजीगत खर्च ७० अर्ब ८३ करोड ४५ लाख मात्र भएको छ, जुन लक्ष्यको २०.१ प्रतिशत मात्र हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु