२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रत्येक नेपालीको थाप्लोमा ९० हजार ऋण, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

२०८१, ९ फाल्गुन शुक्रबार १३:५२

काठमाडौँ | चालू आर्थिक वर्ष २०८१-८२ मा सरकारले १ खर्ब ७६ अर्ब ९६ करोड रुपियाँ ऋण थप गरेसँगै सार्वजनिक ऋणको भार २६ खर्ब ११ अर्ब ६ करोड रुपियाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको हिस्सा ४५.७७ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ। चालू आवको सुरुआतमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँ थियो। पछिल्लो जनगणनाका आधारमा नेपालको जनसंख्या २ करोड ९१ लाख रहेकाले प्रतिव्यक्ति ऋण भार करिब ९० हजार रुपियाँ पुगेको छ।

चालू वर्षमा सरकारले ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्म ५३.१२ प्रतिशत अर्थात् २ खर्ब ९० अर्ब ५७ करोड ६४ लाख रुपियाँ प्राप्त भइसकेको छ। कुल ऋणमध्ये आन्तरिकतर्फ १२ खर्ब ८२ अर्ब ८१ करोड १८ लाख (२२.४९%) र बाह्यतर्फ १३ खर्ब २८ अर्ब २५ करोड १४ लाख (२३.२८%) रहेको छ।

पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण झन्डै २० खर्बले वृद्धि भएको छ। भूकम्प, नाकाबन्दी, कोरोना महामारीले राजस्व संकलनमा असर पार्दा ऋण लिने क्रम तीव्र भएको छ। तर, सार्वजनिक ऋणको वृद्धिसँगै पुँजीगत खर्चमा भने सुधार हुन सकेको छैन। चालू वर्षको सात महिनामा पुँजीगत खर्च ७० अर्ब ८३ करोड ४५ लाख मात्र भएको छ, जुन लक्ष्यको २०.१ प्रतिशत मात्र हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो