२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा जन्ती बस दुर्घटना : एकको मृत्यु, २६ जना घाइते

९ फाल्गुन २०८१, शुक्रबार १४:२७

उदयपुर | उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाइघाटबाट तेज पत्ता बोकेर जाँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर बसमा सवार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको मृत्यु भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर बाराको बारा गढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको जानकारी इन्स्पेक्टर खड्काले दिए ।

तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–११ का ४५ वर्षीय कपिलदेव थारु, ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ का २५ वर्षीय सजाद आलम, सहचालक जितपुरसिमरा–२४ का अन्दाजी २४ वर्षीय सयम देवानसमेत घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान