२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी पढ्नेलाई क्यान महासंघले २ करोड १३ लाख बराबरको छात्रवृत्ति दिने

२०८१, ९ फाल्गुन शुक्रबार १६:४४

काठमाडौँ | कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप- २०८१’ का लागि आवेदन खुला गरेको छ । सात वर्षदेखि वितरण हुँदै आएको यो छात्रवृत्ति कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री गुरुङले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउन छात्रवृत्ति कार्यक्रममले योगदान दिने बताए । सूचना प्रविधिको बदलिँदो परिप्रेक्ष्यलाई ध्यानमा राख्दै दक्ष जनशक्ति तयार पार्न यस्तो पहल आवश्यक रहेकमा उनले जोड दिए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेका अनुसार यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । विशेषगरी ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित यस छात्रवृत्तिबाट ७ प्रदेशका उत्कृष्ट विद्यार्थी लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ । प्रत्येक प्रदेशबाट एक जनालाई पूर्ण छात्रवृत्ति र ४२ जनालाई आंशिक छात्रवृत्ति दिइने क्यानले जनाएको छ । यसका अतिरिक्त ‘फिमेल मेरिट आईसीटी स्कलरसिप’ अन्तर्गत २८ छात्रालाई र ‘आईसीटी मेरिट स्कलरसिप’ अन्तर्गत २१ जनालाई छात्रवृत्ति प्रदान गरिन लागेको जानकारी दिइएको छ ।

छात्रवृत्तिअन्तर्गत मलेसियाको ‘एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन’ सँग सम्बन्धित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा बीएससी आईटी अध्ययन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण