२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बलात्कारपछि १२ वर्षीया बालिका गर्भवती, ४५ वर्षीय पुरुषविरुद्ध उजुरी

११ फाल्गुन २०८१, आईतवार १२:१०

काठमाडौँ | भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।

भारतबाट बालिकासहित अछाम घर फर्केपछि पेट बढ्दै गएपछि आफन्तले बुझ्दा बलात्कार भएको र बच्चा रहेको खुलेको हो । भारतमै रहेका बेलामा बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आफन्त नाता लाग्ने करिब ४५ वर्षीय एक पुरुषका विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले उजुरी गरेको छ । आरोपी पुरुषको समेत विवरण गोप्य राखिएको छ ।

‘घटना उता इन्डियामा घटना भएको भन्ने आएको छ । अहिले जबरजस्ती करणीको उजुरी परेर घटनाको अनुसन्धान भइरहेको छ’ अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भन्नुभयो ।

बालिकाका आफन्तले उजुरी दिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नलाई पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । बालिकालाई थप उपचार र परीक्षणका लागि बालिकालाई जिल्ला बाहिरको एक ओसिएमसीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने