४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा दम्पती हत्या : हत्या गरेर पंकजले प्रहरी बोलाए, अनि बाबु र माइजूले मारेको बयान दिए

१२ फाल्गुन २०८१, सोमबार १२:०२

प्युठान | प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परे। ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियारको शव भेटिएको खबर प्रहरीलाई उनकै भतिज, ३४ वर्षीय पंकज परियारले दिएका थिए।

शनिबार दिउँसो १२:३० बजे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दिपेश बस्यालको टोली घटनास्थलतर्फ लाग्यो। घटनास्थलमा पुग्दा परियार दम्पती भुइँमा ओछ्यानमा मृत अवस्थामा भेटिए। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको देखियो, जसले हत्या भएको संकेत गर्यो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सातजनासँग सोधपुछ गर्‍यो। खबर गर्ने पंकज प्रहरीको निगरानीमै थिए, तर उनीमाथि तत्काल शंका गर्ने आधार थिएन। अनुसन्धानको क्रममा उनले दिएको बयानमा अस्वाभाविकता देखिएपछि उनलाई थप सोधपुछ गर्न थालियो।

प्रहरीले विभिन्न व्यक्तिहरूको बयान तुलना गर्दै अनुसन्धानलाई अगाडि बढायो। पंकजको हाउभाउ शंकास्पद देखिएपछि उनलाई पनि हिरासतमा राखियो। प्रहरी चौकीमा सोधपुछ गर्दा उनले आफ्ना बाबु र माइजूले हत्या गरेको देखेको बताए। तर अन्य व्यक्तिहरूसँगको बयान मिल्दैनथ्यो।

लगातारको सोधपुछपछि पंकज तनावमा आउन थाले। अन्ततः उनले हत्या गरेको स्वीकारे र घटनाको सम्पूर्ण विवरण बताए।

हत्या योजना र कारण
प्रहरीका अनुसार पंकजको काका–काकीसँग सम्बन्ध राम्रो थिएन। उनीहरूबीच पटक–पटक झगडा हुने गर्थ्यो। एक साताअघि काका–काकीले बिहे गर्न नसकेको र श्रीमतीलाई घरमा राख्न नसकेको भन्दै उनलाई अपमान गरेका थिए। यही कारणले आक्रोशित भएका पंकजले हत्या गर्ने योजना बनाए।

शुक्रबार राति १०:३० बजे उनी रक्सी खाएर काकाको घर पुगे। ढोका बन्द भएकाले दोस्रो तलाको झ्यालबाट भित्र छिरे। भित्र पस्दा काका–काकी निदाइसकेका थिए। ढोकाको छेउमै रहेको घनले दुबैजनाको टाउकोमा प्रहार गरी हत्या गरे।

प्रहरीले घटनास्थल नजिकै हत्या गर्न प्रयोग गरिएको रक्तामे घन र रगत लागेको ब्ल्याङ्केट बरामद गर्‍यो। साथै, पंकजले लगाएको स्विटरमा पनि रगत लागेको फेला परेको छ। उनले हत्या गरेपछि मृतक हुकुमाको पटुकीमा रहेको २२० रुपैयाँ समेत लिएर गएका थिए। त्यसमध्ये २० रुपैयाँ मात्रै प्रहरीले बरामद गर्‍यो।

‘अप्रेसन माण्डवी’ अन्तर्गत अनुसन्धान गर्दा प्रहरीले पंकजले नै हत्या गरेको पुष्टि गर्‍यो। जिल्ला अदालतबाट कर्तव्य ज्यानको मुद्दामा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्यालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ