2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

साउन ११, इटहरी  ।  सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ प ७२०४ र को ४ प ३२८४ सहित कपडासहित पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

भारतको विहारको बजारबाट सधँैजसो भन्सार छलेर मोटरसाइकलमा गैरकानुनी रुपमा सुनसरीतिर कपडा ल्याई अमडुवालगायतका क्षेत्रमा भण्डारण गरी सुनसरी र मोरङका बजारमा आपूर्तिको धन्दा गर्दै आएको सुराकका आधारमा ती अवैध कारोबारमा संलग्न व्यापारी पक्राउ परेका पनि उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका तिनै जनालाई आवश्यक कानूनी कारबाहीसहित राजश्व असुल गर्नका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई