६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती बिरामी भनेर नेपाल फर्किए शाहीद, घर नपुगी प्रेमिकाले गरिन् हत्या

१५ फाल्गुन २०८१, बिहीबार १७:४४

काठमाडौँ | विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका हुन् ।

कतारमा कार्यरत अन्सारी र २४ वषींया अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले नै अन्सारीकी श्रीमती बिरामी रहेको मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । नेपाल फर्केका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया आएका थिए ।

अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बञ्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या पश्चात शवलाई जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो ।

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा शवको फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। तर, उनका श्रीमान राजकिशोर यादव हत्या पश्चात् साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या