६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्‍जामा रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा दुई जना पक्राउ

१५ फाल्गुन २०८१, बिहीबार १८:०९

काठमाडौँ | स्याङ्जामा रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। संक्रामक रोग फैलाउन नहुने कसुर गरेको भन्दै दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।

वालिङ नगरपालिका-५ बस्ने ५५ वर्षीय राजेन्द्र केसी र वडा ८ का ५० वर्षीय शंसुदिन मियाँ पक्राउ परेका हुन्। उनीहरू गत मंगलबार पक्राउ परेका हुन्। डिएसपी पौडेलका अनुसार राजेन्द्र केसीले रेबिज लागेका घरपालुवा जनावर बेच्दैछ भन्ने सूचना प्रहरीले पाएको थियो।

एउटा भैँसी, एउटा पाडा, एउटा बाख्रा र एउटा पाठी केसीले मियाँलाई बेचिसकेका थिए। ती जनावरलाई ग २ च २७६० नम्बरको गाडीमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लग्दै गरेको थाहा पाएपछि प्रहरी खटिएको थियो।

प्रहरीले उक्त गाडीमा ती जनावर मृत फेला पारेको थियो। जनावर बरामद गरी पशु प्राविधिक टोलीले परीक्षण गर्दा रेबिज लागेको पुष्टि भएको थियो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार एउटा भैँसीलाई कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि जनावर मर्ने थाहा पाएर केसील मर्नुअघि नै बेच्ने योजनाअनुसार काम अघि बढाएको ती अधिकारीले बताए। यसमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या