काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
राणाका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको विमान कोलकाता ल्यान्ड भएको हो ।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।
जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।