२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्या आरोपबाट बच्न चोर भन्ठानेर कुटपिट गरेको बयान

१६ फाल्गुन २०८१, शुक्रबार १५:५१

मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी दुवाबारीमा आफ्नै बाबुआमाको कुटपिटबाट गम्भीर घाइते भएका भरतकुमार भ्लोनको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्मा पोखरेलका अनुसार भरतकुमारको शुक्रबार दिउँसो १:४५ बजे भरतपुरस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बिहीबार बेलुका पारिवारिक सम्पत्तिको विवादका कारण बाबुआमासँग भएको झगडाका क्रममा कुटपिट हुँदा भरतकुमारको टाउको फुटेको थियो र मस्तिष्कमा रगत जमेको थियो।

कुटपिटमा संलग्न उनका बाबु ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमाया भ्लोन समेत घाइते भएका छन्। उनीहरूलाई छोरीले थप उपचारका लागि काठमाडौं लगेको डीआईजी पोखरेलले जानकारी दिए।

स्थानीयले झगडाको खबर प्रहरीलाई गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बाबुआमाले गम्भीर घाइते आफ्नै छोरालाई नचिनेको दाबी गरेका थिए।

प्रहरीका अनुसार बाबुआमाले भान्सामा रहेका लोहोरो, दाउरा र भाँडाले प्रहार गरी भरतकुमारलाई कुटेका थिए। आफूहरुले घरमा चोर्न आएको व्यक्ति भन्ठानेर कुटपिट गरेको र आफूहरुको आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरेपछि प्रतिकार गरेको प्रहरीलाई बताएका थिए।

तर, पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घर झगडा रहेको प्रहरीलाई बताएका थिए।उनीहरूले घरमा चोरी गर्न आएको भन्दै आत्मरक्षाका लागि प्रतिकार गरेको दाबी गरे पनि भरतकुमारकै झोला, नागरिकता, पासपोर्टलगायतका कागजात शुक्रबार बिहान घरमाथिको बारीमा फेला परेको थियो।

परिवारका सदस्यहरूका अनुसार भरतकुमार विगत चार–पाँच वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। काठमाडौं बस्दा पनि उनी बाबुआमालाई धम्क्याउने, घर फर्किंदा झगडा गर्ने गरेको बताइएको छ।

हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता