२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्या आरोपबाट बच्न चोर भन्ठानेर कुटपिट गरेको बयान

२०८१, १६ फाल्गुन शुक्रबार १५:५१

मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी दुवाबारीमा आफ्नै बाबुआमाको कुटपिटबाट गम्भीर घाइते भएका भरतकुमार भ्लोनको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्मा पोखरेलका अनुसार भरतकुमारको शुक्रबार दिउँसो १:४५ बजे भरतपुरस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बिहीबार बेलुका पारिवारिक सम्पत्तिको विवादका कारण बाबुआमासँग भएको झगडाका क्रममा कुटपिट हुँदा भरतकुमारको टाउको फुटेको थियो र मस्तिष्कमा रगत जमेको थियो।

कुटपिटमा संलग्न उनका बाबु ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमाया भ्लोन समेत घाइते भएका छन्। उनीहरूलाई छोरीले थप उपचारका लागि काठमाडौं लगेको डीआईजी पोखरेलले जानकारी दिए।

स्थानीयले झगडाको खबर प्रहरीलाई गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बाबुआमाले गम्भीर घाइते आफ्नै छोरालाई नचिनेको दाबी गरेका थिए।

प्रहरीका अनुसार बाबुआमाले भान्सामा रहेका लोहोरो, दाउरा र भाँडाले प्रहार गरी भरतकुमारलाई कुटेका थिए। आफूहरुले घरमा चोर्न आएको व्यक्ति भन्ठानेर कुटपिट गरेको र आफूहरुको आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरेपछि प्रतिकार गरेको प्रहरीलाई बताएका थिए।

तर, पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घर झगडा रहेको प्रहरीलाई बताएका थिए।उनीहरूले घरमा चोरी गर्न आएको भन्दै आत्मरक्षाका लागि प्रतिकार गरेको दाबी गरे पनि भरतकुमारकै झोला, नागरिकता, पासपोर्टलगायतका कागजात शुक्रबार बिहान घरमाथिको बारीमा फेला परेको थियो।

परिवारका सदस्यहरूका अनुसार भरतकुमार विगत चार–पाँच वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। काठमाडौं बस्दा पनि उनी बाबुआमालाई धम्क्याउने, घर फर्किंदा झगडा गर्ने गरेको बताइएको छ।

हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा