४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपिन जोशीको यथार्थ अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा

१६ फाल्गुन २०८१, शुक्रबार १७:३५

काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन्।

विपिनको यथार्थ अवस्थाबारे यथार्थ जानकारी नभए पनि रिहाइका लागि पहल गरिरहेको उनले बताइन्। राणाले विपिनको रहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन्।

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका लागि अन्तर्राष्ट्रिय जगतबाट आश्वासन पाएको उनले बताइन्।

२०२३ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको हमासले विपिनलाई बन्ध बनाएर लगेको बताइएको छ। त्यसयता उनको रिहाइका लागि कूटनीतिक प्रयास भइरहे पनि यथार्थ अवस्थाबारे प्रस्ट हुन सकेको छैन। इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता केही बन्धकहरू रिहा भए पनि त्यसमा विपिन परेका छैनन्।

गत शनिबार ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा गएकी उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरेको परराष्ट्रमन्त्री राणाले बताइन्।

उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश