८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाटोमा रात परेपछि आश्रय लिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार, ५८ वर्षीय पुरुष पक्राउ

१९ फाल्गुन २०८१, सोमबार १२:२१

डडेल्धुरा | डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। परशुराम नगरपालिका–११ की १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोपमा आलीताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बोहरा पक्राउ परेका छन्।

पीडित परिवारको जाहेरीपछि जबरजस्ती करणीका आरोपी बोहरालाई शनिबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइएको प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

किशोरीले बच्चा जन्माएपछि बलात्कारको घटना बाहिरिएको हो। प्रहरीका अनुसार १५ फागुनमा बच्चा जन्म दिएकी थिइन्। अविवाहित १६ वर्षीयाले बच्चा जन्माएपछि सोधीखोजी गर्दा बलात्कारको घटना बाहिरिएको पीडित परिवारले जाहेरीले उल्लेख गरेका छन्।

पीडितले प्रहरीलाई दिएको जानकारी अनुसार गत असारमा घरबाट भिमडा जाने क्रममा बाटोमा रात परेपछि आश्रय लिएकी थिइन्। सोही राती उनीमाथि बोहराले जबरजस्ती करणी गरेको बताइएको छ।

बलात्कार आरोपी बोहरालाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी