६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड

१९ फाल्गुन २०८१, सोमबार १४:५२

काठमाडौँ | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सोमबार देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसालिरहेका बेला नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु संगठन दर्ता गरी पाउँ भन्दै बैठक हलमा बाजागाजासहित प्रवेश गरेको थियो ।

यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोधसमेत जनाएका थिए ।

क्याम्पस स्ववियु निर्वाचन आयोगका अध्यक्ष गणेश पाण्डेसँग घटनाको बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले फोन उठाएनन् ।

निर्वाचन तालिकाअनुसार सोमबार संगठन दर्तापछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प