२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बोल्न नसक्ने युवतीलाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

२०८१, १९ फाल्गुन सोमबार १५:१४

अर्घाखाँची | घरमा काम गर्न राखेकी (बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता) भएकी युवतीलाई करणी गरेको आरोपमा अर्घाखाँचीमा एक पुरुष पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका १२ कल्लाबोटका ६३ वर्षीय गोबिन्द बस्यालले बौद्धिक अपाङ्गता भएकीे २६ वर्षीया युवतीलाई पटकपटक करणी गरेको आरोपपछि फरार रहेको अवस्थामा भारतबाट फर्कने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

महिलाको पेटमा बच्चा बसेको थाहा पाएपछि उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत जेष्ठ ३२ गते प्रहरीमा उजुरी परेको थाहा पाएलगत्तै आरोपित बस्याल फरार रहेका थिए ।

बोल्न नसक्ने तथा मानसिक रुपमा समेत अपाङ्गता भएकी ती महिला बस्यालको घरमा समय–समयमा गोबर फाल्ने, घर सफा गर्ने लगायतका काम सघाउन आउने गरेकी थिइन् । पीडित महिलाले उनै पुरुषको गर्भ बसेपछि छोरा जन्माएकी छन् । उनले गत कात्तिक २८ गते छोरा जन्माएको प्रहरीले जनाएको छ ।

घरमा काम गर्न आएको समयमा युवतीलाई उनले पटक–पटक करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । महिला बोल्न नसक्ने र बौद्धिक अपाङ्गता भएका कारण आफन्त तथा छिमेकीले उनको पेटमा बच्चा बसेपछिमात्रै घटना थाहा पाएका थिए ।

फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह