६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म तीनपटक प्रधानमन्त्री भएको कांग्रेस र एमालेले माया गरेर होइन: प्रचण्ड

२० फाल्गुन २०८१, मंगलवार १८:०९

काठमाडौँ  | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग मिलेर सरकार चलाउँदा दुवै पार्टीको रोग सरेको बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर जाँदा अलिअलि कांग्रेस र अलिअलि एमालेको रोग सर्‍यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौँ । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौँ ।’

प्रचण्डले अब कांग्रेस र एमालेसँग रोग सर्नेगरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको जिकिर गर्दै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्दा जनतामा ल्याएर आएका छौँ ।’

प्रचण्डले कांग्रेस र एमालेले आफूप्रति कुनै दयामाया नराखेको पनि बताए । ‘म तीनपटक प्रधानमन्त्री भएको कांग्रेस र एमालेले माया गरिदिएर होइन,’ उनले भने, ‘जनताले चाहेर भएको हुँ । अब २०८४ को निर्वाचनमा माओवादी केन्द्र २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्छ ।’

प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाहा छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ । टीकापुर थारु विद्रोह थारुहरूको अधिकारका लागि भएको हुँदा त्यसको म सम्मान गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प