2026-10-02 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

सुनसरी | सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो । २१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी थिइन् ।

गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालबाट शव बुझेर ल्याएका गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए । प्रहरीका अनुसार उनको दाहसंस्कार गर्न अन्य चार जनालाई मलामी पनि लगेका थिए ।

दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे सोधीखोजी गरेकी थिइन् । बहिनीको मृत्यु भएको खबर नै नगरेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन् । ‘अरूले भनेपछि सोध्दा आफैं जलाएँ भन्ने कुरा आयो, हामीलाई गुप्ताले खबर नै गरेनन्,’ उनले भनिन् ,‘त्यसपछि प्रहरीलाई खबर गरेका हौं ।’

रिताका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी थिइन् । गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन् । महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई पनि खबर नगरेको उनले बताए ।

‘लास हेर्न पाइएन, पोस्टमार्टम पनि भएको छैन,’ उनले भने, ‘अस्पतालले जे खुलाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल