काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी प्रभाग साँखुले बताए ।
टिपर अनियन्त्रित भएर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।
टिपरले ठक्कर दिएको टहरामा १० जना सुतिरहेकामध्ये सबै विवरण खुल्न नसकेका २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजन गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।