२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालक निदाएपछि १० जना सुतिरहेको टहराभित्र छिरेको थियो टिपर

२०८१, २३ फाल्गुन शुक्रबार १२:४८

काठमाडौँ  | काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे  बा २ क ६५८०  टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

काठमाडौँ को शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटारमा युवराज थापाले द्वन्द्वपीडित तथा शारीरिक अपांगता भएकाहरूका लागि आश्रयस्थल सञ्चालन गरेका छन्। २०६२ सालदेखि सञ्चालित उक्त आश्रयस्थलमा ६१ जना बस्दै आएका छन्।

ती ६१ जनामध्ये १० जनालाई एउटा टहरामा राखिएको छ। टहरा मुख्य सडकबाट थोरैमात्रै भित्र छ। शुक्रबार बिहान सडकमा गुडेको टिपर अनियन्त्रित भएर ती १० जना सुतिरहेको टहरामा ठोक्कियो। टिपर टहराभित्र छिरेपछि सडकतर्फ सुतिरहेका तीन जनाको मृत्यु भयो।

टिपर सुरूमा सडकछेउको बिजुलीको पोलमा ठोक्किएर टहराभित्र छिरेको थियो। ठक्करबाट बिजुलीको पोलसमेत ढलेको छ। बिजुलीको पोलमा ठोक्किएपछि त्यहाँ ठूलो आवाज आएको थियो। ठूलो आवाजले ब्युझिएका अरू टहरा र वरपरका घरका मानिसहरुले उठेर हेर्दा टिपर टहराभित्र छिरेको थियो।

बिजुलीको पोल नै ढलेपछि त्यहाँ विद्युत आपुर्ति पनि बन्द भएको थियो। ‘त्यसपछि मोबाइलको टर्च बालेर त्यहाँ सुतिरहेकाहरुलाई निकाल्यौं,’ एक स्थानीयले भने। टहराको सडकतर्फको कुनापट्टि सुतिरहेका तीन जना गम्भीर घाइते अवस्थामा निकालिएको थियो। प्रहरीले ती घाइतेहरूलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पठायो।

त्यहाँ बिहान साढे ४ बजे चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको थियो। मृत्यु हुनेहरू तीनै जना २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन  बोल्न नसक्ने अवस्थाका शारीरिक अपांगता भएकाहरू हुन्। बा २ क ६५८० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा उनले टिपर चलाउँदा चलाउँदै आफू निदाएको भनेका छन्।

‘चलाउँदा चलाउँदा निदाएछु, बाटो पनि भिरालो भिरालो थियो भनेका छन्। थप अनुसन्धान हुँदैछ,’ काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले भने। टहरामा सुतेका अरू सात जना भने सकुशल रहेको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने