३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालक निदाएपछि १० जना सुतिरहेको टहराभित्र छिरेको थियो टिपर

२३ फाल्गुन २०८१, शुक्रबार १२:४८

काठमाडौँ  | काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे  बा २ क ६५८०  टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

काठमाडौँ को शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटारमा युवराज थापाले द्वन्द्वपीडित तथा शारीरिक अपांगता भएकाहरूका लागि आश्रयस्थल सञ्चालन गरेका छन्। २०६२ सालदेखि सञ्चालित उक्त आश्रयस्थलमा ६१ जना बस्दै आएका छन्।

ती ६१ जनामध्ये १० जनालाई एउटा टहरामा राखिएको छ। टहरा मुख्य सडकबाट थोरैमात्रै भित्र छ। शुक्रबार बिहान सडकमा गुडेको टिपर अनियन्त्रित भएर ती १० जना सुतिरहेको टहरामा ठोक्कियो। टिपर टहराभित्र छिरेपछि सडकतर्फ सुतिरहेका तीन जनाको मृत्यु भयो।

टिपर सुरूमा सडकछेउको बिजुलीको पोलमा ठोक्किएर टहराभित्र छिरेको थियो। ठक्करबाट बिजुलीको पोलसमेत ढलेको छ। बिजुलीको पोलमा ठोक्किएपछि त्यहाँ ठूलो आवाज आएको थियो। ठूलो आवाजले ब्युझिएका अरू टहरा र वरपरका घरका मानिसहरुले उठेर हेर्दा टिपर टहराभित्र छिरेको थियो।

बिजुलीको पोल नै ढलेपछि त्यहाँ विद्युत आपुर्ति पनि बन्द भएको थियो। ‘त्यसपछि मोबाइलको टर्च बालेर त्यहाँ सुतिरहेकाहरुलाई निकाल्यौं,’ एक स्थानीयले भने। टहराको सडकतर्फको कुनापट्टि सुतिरहेका तीन जना गम्भीर घाइते अवस्थामा निकालिएको थियो। प्रहरीले ती घाइतेहरूलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पठायो।

त्यहाँ बिहान साढे ४ बजे चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको थियो। मृत्यु हुनेहरू तीनै जना २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन  बोल्न नसक्ने अवस्थाका शारीरिक अपांगता भएकाहरू हुन्। बा २ क ६५८० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा उनले टिपर चलाउँदा चलाउँदै आफू निदाएको भनेका छन्।

‘चलाउँदा चलाउँदा निदाएछु, बाटो पनि भिरालो भिरालो थियो भनेका छन्। थप अनुसन्धान हुँदैछ,’ काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले भने। टहरामा सुतेका अरू सात जना भने सकुशल रहेको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट